बेइजिङ (एजेन्सी) । चीनले गाजामा इजराइलको कदम ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ भएको टिप्पणी गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले गाजामा नागरिकहरूको सामूहिक सजाय इजराइली सरकारले बन्द गर्नुपर्ने बताउनुभएको आइतबार प्रकाशित एक विज्ञप्तिमा उल्लेख छ ।
इजराइलले गाजामा हमास लडाकूहरूमाथि जमिन आक्रमण गर्ने तयारी गरेको देखिएका बेला विदेशमन्त्री वाङले शनिबार साउदी अरेबियाका आफ्ना समकक्षी राजकुमार फैजल बिन फरहानलाई फोन गरेर उक्त टिप्पणी गरेको हो ।
‘इजराइलको कदम आत्मरक्षाका दायराभन्दाा बाहिर गएका छन्’, वाङलाई उद्धृत गर्दै चिनियाँ विदेश मन्त्रालयको एक विज्ञप्तिमा भनिएको छ, ‘इजराइलले संयुक्त राष्ट्रसङ्घका महासचिव र अन्तर्राष्ट्रिय समुदायको आह्वानलाई गम्भीरतापूर्वक सुन्नुपर्छ र गाजाका नागरिकमाथि सामूहिक सजाय बन्द गर्नुपर्छ ।’ वाङको उक्त टिप्पणी चीनले हालसम्म व्यक्त गरेको टिप्पणी मध्येकै कडा हो ।
उत्तरी गाजामा रहेको १० लाखभन्दा बढी सर्वसाधारणलाई अपेक्षित आक्रमण हुनुभन्दा अगाडि नै भाग्न आदेश दिइएको छ । सर्वसाधारणको बाध्यकारी बहिर्गमनले मानवीय सङ्कट निम्तिनने भन्दै सहायताकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-10-15
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
