
काठमाडौं । नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन मिस नेपाल इन्टरनेसनल प्रसिद्धि शाह जापान प्रस्थान गरेकी छन् ।
त्यसतर्फ लागेकी शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा द हिडन ट्रेजरका अध्यक्ष दीवाकर राजकर्णिकार, पूर्व अध्यक्ष सुवर्ण क्षेत्री, संचालक प्रमोद रत्न कंसाकार, बुबा प्रजय विक्रम शाह, प्रथम मिस नेपाल तथा प्रसिद्धि शाहकी आमा रुबी राणा, ज्योति श्रेष्ठ, बिकी राज कँडेलले आशीर्वाद दिइ र केहि पत्रकारहरुले शुभकामनासहित बिदाइ गरे ।
विमानस्थलमा कुरा गर्दै शाहले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो पूर्ण क्षमतासहित उत्कृष्ट प्रस्तुती दिने बताइ्न । जितको आत्मविश्वास लिएर आफू जान लागेको उनको भनाई थियो । अक्टोबर २६, २०२३ टोकियोमा मिस इन्टरनेसनलको फिनाले हुँदैछ । फिनालेअघि उनले प्रतिस्पर्धाको तयारीका लागि विभिन्न सीप र कौशल सिक्ने भएकी छन् ।
प्रसिद्धिले आर्थिक विकास र बालबालिकालाई विद्यालय शिक्षामा जोड्ने एजेण्डा प्रस्तुत गर्दैछिन् भने नेपालको सांस्कृतिक सम्पदा झल्काउन पञ्चबुद्धको थांका समेत प्रस्तुत गर्दैछिन् । यसपटकको मिस इन्टरनेसनलमा विश्वका ७४ देशका सुन्दरीले भाग लिदैछन् ।
आगामी डिसेम्बरमा मिस वर्ल्ड र मिस अर्थ पेजेन्ट आयोजना हुँदैछन् । त्यसका लागि मिस नेपाल वर्ल्ड २०२२ की विजेता प्रियंकारानी जोशी र मिस अर्थ २०२३ की विजेता रेना मजगैंया सम्बन्धित प्रतियोगितामा सहभागी हुनेछन् ।





Sudina Shrestha
प्रकाशित: २५ आश्विन २०८०, बिहीबार १२:३७
सुन तोलाको २१ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पाकिस्तानविरुद्धको टी-२० सिरिजमा बंगलादेशको लगातार दोस्रो जित

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिदै

कस्तो छ आजको मौसम ?

विद्या भण्डारीको सदस्यता नवीकरण नहुने र राजनीतिमा फर्कन नमिल्ने एमालेको निर्णय

२०८२ साउन ०७ गते बुधबार: आजको राशिफल
