काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले एमाले अध्यक्ष केपी शर्मा ओली भन्दा प्रचण्ड र नारायणकाजी श्रेष्ठमा राजनीतिक चरित्र देखिएको बताएका छन् ।
कालोमोसो दलिएको भोलिपल्ट मंगलवार बिहान पत्रकार सम्मेलन गर्दै प्रसाईँले आफूले जति आलोचना गरे पनि प्रचण्ड र नारायणकाजीले प्रतिक्रिया नजनाएको भन्दै आफुले हजुरबुबा मानेका ओलीमा भन्दा उनीहरुमा राजनीतिक चरित्र भएको दाबी गरेका हुन् ।
उनले भने, ‘हजुर बुबामा राजनीतिक चरित्र देखिएन, बरु प्रचण्ड र नारायणकाजी श्रेष्ठमा राजनीतिक चरित्र देखियो । एमालेले मलाई ठुलो गुन लगायो । नेता बनायो । ट्रेडमार्क बनायो । एमालेसँग प्रतिस्पर्धा गर्ने दुर्गा प्रसाईं हो भन्ने ठान्यो । त्यसपछि कालोमोसो दल्यो ।’
उनले खेल अब शुरु भएको भन्दै महेश बस्नेतलाई धन्यवाद दिए । प्रसाईँले १८/२० जना मारवाडीको हातमा देशको अर्थतन्त्र गइसकेको भन्दै अब केही वर्षभित्रै यो देशको सत्ता पनि मारवाडीकै हातमा जाने दाबी गरे ।
उनले देश लुट्ने मारवाडीको विरोध गर्दा आफूमाथि आक्रमण भएको बताए । उनले देश बचाउन मूलधारका मिडियाले नसक्ने भन्दै युट्युबरको हातमा देश जोगाउने जिम्मेवारी आएको समेत टिप्पणी गरे ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-10-10
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
