मनाङ । हिमाली जिल्ला मनाङ आउने क्रममा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी नागरिक ६९ वर्षीय चाल्स केथ डेभिज रहेका छन् ।
डेभिज बुधबार श्रीमती वेथ एन फोड्रियत, पथप्रदर्शक, चालक र पोटरसहित बा६च ७५६ नम्बरको गाडीमा लमजुङबाट मनाङ सदरमुकाम चामे आउँदै गरेका थिए । बेँसीसहर–चामे सडकखण्डअन्तर्गत मनाङको नासों गाउँपालिका–३ खोत्रोडाँडाबाट सडकमा झरेको ढुङ्गा पन्छाउने क्रममा बुधबार राति उनी सडकबाट करिब सय मिटर तल मस्र्याङ्दी नदी किनारमा खसेका मनाङका प्रहरी नायब उपरीक्षक फणिन्द्र रानाभाटले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय चामे र इलाका प्रहरी कार्यालय धारापानीबाट खटिएको प्रहरी टोलीले उहाँको राति नै उद्धार गरी उपचारका लागि मनाङ जिल्ला अस्पताल चामे ल्याएको थियो । उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको प्रहरी नायब उपरीक्षक रानाभाटले बताउनुभयो । डेभिजको शव परीक्षणका लागि हेलिकोप्टरमा बिहीबार त्रवि शिक्षण अस्पताल काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १९ आश्विन २०८०, शुक्रबार ११:४५
त्रिभुवन विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने
उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै सकियो छठ पर्व
विद्युत् प्राधिकरणविरुद्धको रिट खारेज, बाँकी बक्यौता उठाएरै छाड्ने
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित
छठ पर्वमा धाप ड्यामको पानी बाग्मतीमा छाड्ने
५ किलो सात सय ग्राम सुनसहित तीन जना विदेशी नागरिक पक्राउ