
गुवाहाटी (एजेन्सी) । भारतमा एक हिमताल फुटेर आएको भीषण बाढीमा परी मर्नेको सङ्ख्या बढेर १० पुगेको र ८२ जना अझै हराइरहेको अधिकारीहरूले बताएका छन् ।
“बाढीले सिक्किम प्रान्तका चार जिल्लामा मानिस, सडक र पुलहरू बगाएर विनाश गरेको छ”, उत्तरपूर्वी सिक्किमको पहाडी उपत्यकामा हिमताल फुटेको भोलिपल्ट बिहीबार भारतीय सेनाका प्रवक्ता हिमांशु तिवारीले भन्नुभयो ।
अधिकारीहरूका अनुसार बाढीले सडकहरू गम्भीररूपमा क्षतिग्रस्त भएका छन् भने १४ वटा पुल बगाएको छ । “अहिलेसम्म १० वटा शव फेला परेको छ र सैनिक कर्मचारीसहित ८२ जना हराइरहेका छन्”, सिक्किम राज्यका मुख्यसचिव विजय भूषण पाठकले भन्नुभयो ।
हराइरहेकामध्ये २२ जना सैनिक कर्मचारी रहेको भारतीय सेनाले जनाएको छ । एक सैनिकको उद्धार गरिएको थियो । विश्वको तेस्रो सबैभन्दा अग्लो शिखर कञ्चनजङ्घामा रहेको हिमनदीको फेदमा अवस्थित ल्होनाक ताल फुट्दा पानीको बहाव बढेको हो । विश्वव्यापी तापक्रम बढ्दै जाँदा हिउँ पग्लिएर हिमनदीबाट विनाशकारी बाढी आउने क्रम बढ्दै गएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १८ आश्विन २०८०, बिहीबार १२:३८
स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

कपिलवस्तुबाट आठ महिनामा ८४ जना लागुऔषध कारोबारी पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले आज शिष्टाचार भेट

छुट्टाछुट्टै तीन दुर्घटनामा १४ जना घाइते

सरकार विरुद्ध माइतीघरमा विरोध प्रदर्शन

सरकारको निर्णयविरुद्ध अदालत जाने कुलमानको तयारी
