काठमाडौं (एजेन्सी) । सिरिया सरकारप्रति वफादार लडाकू समूह र पूर्वी सिरियाको अरब जिल्लामा कुर्द नेतृत्वको सेनाबीच भीषण झडप भएको छ । दुई दिनसम्म भएको झडपमा २५ जनाको मृत्यु भएको युद्ध पर्यवेक्षक एक संस्थाले मङ्गलबार बताएको छ ।
वासिङ्टनको समर्थन पाएको कुर्दिस नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) ले सोमबार सुरु भएको झडपमा देइर एजोर प्रान्तको धेबान क्षेत्रमा घुसपैठ गरेका बन्दुकधारीहरूलाई परास्त गरेको बताएको छ ।
यसै महिनाको प्रारम्भमा सोही क्षेत्रमा एसडीएफ र सशस्त्र अरब जनजातिबीच १० दिन झडप भएको थियो । उक्त झडपमा ९० जनाले ज्यान गुमाएका थिए ।
बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सिरिया सरकार समर्थक लडाकुहरूले युफ्रेटिस नदी पार गर्दा पछिल्लो झडप भएको बताएको छ । झडपमा २१ जना दमास्कसका वफादार र तीन जना एसडीएफ लडाकुले ज्यान गुमाएका उक्त संस्थाले बताएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-09-26
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
