
काठमाडौं (एजेन्सी) । सिरिया सरकारप्रति वफादार लडाकू समूह र पूर्वी सिरियाको अरब जिल्लामा कुर्द नेतृत्वको सेनाबीच भीषण झडप भएको छ । दुई दिनसम्म भएको झडपमा २५ जनाको मृत्यु भएको युद्ध पर्यवेक्षक एक संस्थाले मङ्गलबार बताएको छ ।
वासिङ्टनको समर्थन पाएको कुर्दिस नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) ले सोमबार सुरु भएको झडपमा देइर एजोर प्रान्तको धेबान क्षेत्रमा घुसपैठ गरेका बन्दुकधारीहरूलाई परास्त गरेको बताएको छ ।
यसै महिनाको प्रारम्भमा सोही क्षेत्रमा एसडीएफ र सशस्त्र अरब जनजातिबीच १० दिन झडप भएको थियो । उक्त झडपमा ९० जनाले ज्यान गुमाएका थिए ।
बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सिरिया सरकार समर्थक लडाकुहरूले युफ्रेटिस नदी पार गर्दा पछिल्लो झडप भएको बताएको छ । झडपमा २१ जना दमास्कसका वफादार र तीन जना एसडीएफ लडाकुले ज्यान गुमाएका उक्त संस्थाले बताएको छ ।
Sudina Shrestha
प्रकाशित: ९ आश्विन २०८०, मंगलवार १७:०३
कवि युबराज अधिकारीको ‘युद्ध, युद्ध नै हुन्छ ‘ कविता कृतिको लोकार्पण सम्पन्न

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

थई प्रधानमन्त्रीको पद धरापमा

लाङटाङ राष्ट्रिय निकुञ्जमा फोहोर व्यवस्थापन गर्ने दिगो तरिका

Rabi Lamichhane calls for constitution rewrite and end to federalism

बाढीले दाङमा बीच टापुमा फसेकी बालिकाको उद्धार
