ढाका (एजेन्सी) । बङ्गलादेशमा यस वर्ष हालसम्म एक लाख ८७ हजार ७२५ जनामा डेङ्गुको सङ्क्रमण देखिएकोमा ९०० भन्दा बढीको मृत्यु भएको स्वास्थ्य विभागले आइतबार जनाएको छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेप्टेम्बरमा ३१६, अगस्टमा ३४२ र जुलाईमा २०४ गरी कूल ९०९ जना डेङ्ग सङ्क्रमित विरामीको मृत्यु भएको हो ।
महानिर्देशनालयका अनुसार सेप्टेम्बरमा ६३ हजार ९१७, अगस्टमा ७१ हजार ९७६ र जुलाईमा ४३ हजार ८५४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
दक्षिण एसियाली मुलुकमा स्थानीय समयअनुसार आइतबार बिहान ८ बजेसम्म पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ भने तीन हजार ८ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।
यस वर्ष हालसम्म निको हुनेको सङ्ख्या एक लाख ७६ हजार ३४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । लामखुट्टेको टोकाइबाट सर्ने रोगको उच्च जोखिममा रहेको बङ्गलादेशमा जुन–सेप्टेम्बरको मनसुन अवधि डेङ्गु ज्वरोको मौसम हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-09-25
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
