
काठमाण्डौं । चिनीको भाउ अस्वाभाविक रुपमा बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अध्ययन शुरु गरेको छ ।
चिनीको भाउ बढ्नुको कारणबारे अध्ययन गर्न टोली गठन गरेको र टोलीले केही दिनमै प्रतिवेदन तयार पार्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन शाखाका निर्देशक आनन्दराज पोखरेलले जानकारी दिए ।
टोलीको प्रतिवेदनका आधारमा कारबाही तथा हस्तक्षेप गर्ने उहाँले बताए । अहिले बजारमा अनुगमन गर्दा पनि व्यापारीहरुले बिक्री अनुपातको खरिद बिल देखाउन नसकेका कारण मूल्यमा कालोबजारी नै देखिएको उनले बताए ।
हरेक चाडपर्वमा विभिन्न बहानामा चिनीको भाउ बढ्ने गरेकोमा यो वर्ष व्यापारीहरुले अभावलाई कारण देखाएका छन् । होलसेल बजारमै भाउ बढेकाले खुद्रा व्यापारीहरुले बढाएका छन् ।
तर होलसेल बजारमा भाउ बढ्नुपर्ने कारण नरहेको र अध्ययन भइरहेको विभागले जनाएको छ । भाउ धेरै बढेपछि कतिपय खुद्रा व्यापारीले चिनी बेच्नै छाडेका छन् ।
नेपाल खुद्रा व्यापार सङ्घले भने खाद्य तथा किराना वस्तुको मूल्य सूचीबाट चिनीको सूची नै हटाएको छ । आफूसँग स्टक नरहेका भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको बिक्री स्थगित गरेको छ । एक महिना अघिसम्म किलोको एक सय रुपैयाँसम्ममा पाइने चिनीको भाउ अहिले ३० प्रतिशतसम्म बढेको छ ।
Sudina Shrestha
प्रकाशित: ७ आश्विन २०८०, आईतवार ११:१२
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
