
काठमाडौं । शिक्षकहरूको आन्दोलनका कारण आज पनि काठमाण्डौमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । माइतीघर, बिजुलीबजार हुँदै बानेश्वरसम्म सडकमा गाडी सहजरुपमा चल्न सकेका छैनन् ।
जाम बढेको ट्राफिक प्रहरीले जनाएको छ । यात्रुलाई समस्या भएको छ । शिक्षकहरुले आज दोस्रो दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । यो क्षेत्रमा हिजो पनि ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो ।
आज बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा शिक्षक प्रतिनिधिबीच शान्तिसुरक्षा र ट्राफिक व्यवस्थापनलगायतका विषयमा छलफल भएको थियो । शिक्षक महासङ्घले विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताएको छ ।
संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा विभिन्न जिल्लाबाट शिक्षकहरु आन्दोलनका लागि काठमाण्डौमा आएका छन् । आन्दोलनकै कारण आज सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ४ आश्विन २०८०, बिहीबार १४:१०
युवाहरुका लागि उद्यमशीलता र रोजगारी सृजनामा सरकारको उच्च प्राथमिकता रहनेछ : प्रधानमन्त्री

The Hidden Risks of Sanitary Pads: A Growing Concern for Women’s Health in Nepal

आज सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि

सामान्य विवादमा खुकुरी प्रहार

रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो पक्राउ

निलम्बनमा परे काठमाण्डौ नगर प्रहरी प्रमुख राजु पाण्डे
