काठमाडौं । शिक्षकहरूको आन्दोलनका कारण आज पनि काठमाण्डौमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । माइतीघर, बिजुलीबजार हुँदै बानेश्वरसम्म सडकमा गाडी सहजरुपमा चल्न सकेका छैनन् ।
जाम बढेको ट्राफिक प्रहरीले जनाएको छ । यात्रुलाई समस्या भएको छ । शिक्षकहरुले आज दोस्रो दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । यो क्षेत्रमा हिजो पनि ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो ।
आज बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा शिक्षक प्रतिनिधिबीच शान्तिसुरक्षा र ट्राफिक व्यवस्थापनलगायतका विषयमा छलफल भएको थियो । शिक्षक महासङ्घले विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताएको छ ।
संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा विभिन्न जिल्लाबाट शिक्षकहरु आन्दोलनका लागि काठमाण्डौमा आएका छन् । आन्दोलनकै कारण आज सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-09-21
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
