काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो शनिवार चीन भ्रमणमा जाजे भएका छन् । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति निकालेर प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे औपचारिक जानकारी गराएको हो ।
चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा हुन लागेको प्रधानमन्त्री प्रचण्डको भ्रमण आउँदो शनिवारदेखि १३ गतेसम्म रहने छ । भ्रमणमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालगायत पनि रहने परराष्ट्रले जनाएको छ ।
प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई हाङ्झाउमा भेट गर्ने कार्यक्रम छ भने समकक्षी प्रधानमन्त्री ली छ्याङसँग भेट गर्नेछ । साथै, प्रधानमन्त्रीले बेइजिङमा रहेको नेपाली दूतावासले संयुक्त रुपमा आयोजना गरेको चीन–नेपाल लगानी सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्ड आउँदो शनिवार हाङ्जाओमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन् । अहिले अमेरिकाको भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड त्यतैबाट चीन प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी आउँदो १३ गते स्वदेश फर्किने छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-09-21
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
