
काठमाडौँ । संविधान दिवस, २०८० का अवसरमा आज मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, सङ्घीय संसद्का सभापति र सांसदहरू, संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, विदेशी मित्रराष्ट्र तथा नियोगका प्रमुख र प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा सञ्चारकर्मीको उपस्थिति थियो ।
सो अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट ‘संविधान दिवस, २०८०’ लेखिएको ब्यानर प्रदर्शन तथा पृष्पवृष्टि गरिएको थियो । ब्यानर लेखिएको होलिकोप्टरले चक्रपथ परिक्रमा गरेको थियो । मैदानबाट रङ्गीचङ्गी बेलुन र शान्तिका दूत परेवा उडाइनुका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विभिन्न टोलीबाट मार्चपास तथा साङ्गीतिक प्रस्तुति गरिएको थियो ।
काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाद्वारा सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो भने सूचना तथा प्रसारण विभागबाट प्रकाशित ‘नेपाल’ द्वैमासिकको संविधान दिवस विशेषाङ्क विमोचन गरिएको थियो । समारोहमा कार्यवाहक प्रधानमन्त्री खड्काले सम्बोधन गरेका थिए ।




रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ३ आश्विन २०८०, बुधबार ११:५१
युवाहरुका लागि उद्यमशीलता र रोजगारी सृजनामा सरकारको उच्च प्राथमिकता रहनेछ : प्रधानमन्त्री

The Hidden Risks of Sanitary Pads: A Growing Concern for Women’s Health in Nepal

आज सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि

सामान्य विवादमा खुकुरी प्रहार

रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो पक्राउ

निलम्बनमा परे काठमाण्डौ नगर प्रहरी प्रमुख राजु पाण्डे
