
काडमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले पशुपति मन्दिर क्षेत्र वरपर मासु र जाँडरक्सी निषेध गरेको छ । भोलि तीजको अवसरमा पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने उद्देश्यले मासु, जाँडरक्सी र अन्य नशालु पदार्थ निषेध गरिएको हो ।
यसका लागि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले पूर्वमा गौशाला मित्रपार्क सडकदेखि पूर्व, पश्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, उत्तरमा गौशाला तीलगंगा चक्रपथदेखि उत्तर र दक्षिणमा मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बाग्मतीदेखि दक्षिणसम्म चार किल्ला तोकेको छ ।
यो क्षेत्रमा मासु, जाँडरक्सी तथा नशालु पदार्थहरु उत्पादन, बेचविखन, ओसारपसार, भण्डारण गर्न र खान आजदेखि नै निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।
Sudina Shrestha
प्रकाशित: ३१ भाद्र २०८०, आईतवार ११:२६
अक्षय कुमार र सैफ अली खान प्रियदर्शनको फिल्ममा

बेनी-जोमसोम-कोरोला सडकखण्ड पुर्णरुपमा अवरुद्ध
फिल्म ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक

फ्रान्सेली राष्ट्रपति म्याक्रोनकी श्रीमती पुरुष भएको युट्युबरको दाबि !

२०८२ असार ३२ गते बुधबारस् आजको राशिफल

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
