काठमाडौं । सर्लाहीको मलंगवामा शनिबार साँझदेखि जारी कर्फ्यु हटेको छ । कष्ण अष्टमीको मूर्ति बिसर्जनका क्रममा दुई पक्षबीच शुक्रबारदेखि उत्पन्न तनाव बढ्न नदिन जिल्ला प्रशासन कार्यालयले शनिबार साँझदेखि बिहान ८ बजेसम्म लागु हुनेगरी कर्फ्यु जारी गरेको थियो ।
प्रशासनले कर्फ्यु हटाए पनि दुईपक्षबीच झडप हुनसक्ने सम्भावना भएकाले भदौ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा मलंगवा नगरक्षेत्र, पूर्वमा भीम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट वा पेट्रोलपम्म क्षेत्रसम्म जारी गरिएको छ ।
आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारबाही समेत गर्न सक्ने चेतावनी दिइएको छ ।
अहिले अवस्था सामान्य भएपनि ढुक्क हुने अवस्था नरहेको घिमिरेको भनाइ छ । शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जनका क्रममा मलंगवाको पुरानो बसपार्क क्षेत्रमा दुई पक्षबीच झडप भएको थियो। सोही विषयलाई लिएर शनिबार दिउँसो पनि झडप भएको थियो । शनिबार दिउँसो प्रहरीले १३ सेल अश्रु ग्यास र पाँच राउण्ड हवाइ फायर गरेको थियो ।
विवाद समाधान गर्न सर्वदलीय र सर्वपक्षीय बैठक बसेर सामाजिक सद्भाव कायम गर्न अपिल गर्दा पनि आज बिहानैदेखि तोडफोड, आगजनी ढुंगामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शन भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-09-10
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
