
काठमाण्डौं । राष्ट्रियसभा बैठक अनिश्चतकालका लागि स्थगित भएको छ । भदौ २४ गते आइतवार बिहान ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सूचनामा उल्लेख छ ।
अर्को बैठकको मिति र समय राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पछि निर्धारण गर्ने गरी अनिश्चितकालका लागि स्थगित भएको महासचिव गौतमले जानकारी दिए ।
सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार अहिले राष्ट्रिय सभामा एजेन्डा नै छैन । प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिमा अड्किएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) सम्बन्धी विधेयक आउन सक्ने अनुमान गरेर आइतवार राष्ट्रिय सभाको बैठक राखिएको थियो । तर ती विधेयक नआउने भएपछि बैठक अनिश्चितकालका लागि स्थगित गर्नुपरेको हो ।
पछिल्लो आठ महिनामा दुवै सदनबाट आर्थिक विधेयकबाहेक मिटरब्याजसम्बन्धी एउटा मात्र विधेयक पारित भएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २२ भाद्र २०८०, शुक्रबार १७:०६
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई प्रोस्टेट क्यान्स

एकैदिन एक सय ३५ जना आरोही सगरमाथा शिखरमा

NEPSE declined slightly on Sunday

PM Oli congratulates medal winners of South Asian Youth Table Tennis Championship

रसुवाबाट साढे सात किलो सुन बरामद, एक जना पक्राउ

“के गर्ने त ?” बाध्यतामा रोजगारीतर्फ आकर्षित काठमाडौंमा युवा
