
काठमाडौँ । प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमणको छानबिनको माग गरेका छन् । यादवमाथि बुधबार काठमाडौँमा आक्रमण हुँदा उनी घाइते भएका छन् ।
‘मैले हिजो चिकित्सकलाई गएर भेटेँ, चिकित्सकका अनुसार उहाँ भाग्यले बाँच्नुभएको छ, आक्रमण गर्ने मान्छे पक्राउ परेको छ, तर एउटा सन्काहाले सन्केर हान्यो भनेर एउटा भाष्य निर्माण गर्न खोजिँदै छ, यसलाई थामथुम पार्ने कोशिस हुँदैछ’, उनले भने ।
सांसद थापाले यस घटनाबारे सरकारलाई सचेत गराउँदै घटना कसरी र किन भयो ? घटनाको सबै पक्षका बारेमा गहिरो अनुन्धान हुनुपर्ने माग गरे । घटनासँग जोडिएका सबैपक्ष उजागर हुनुपर्ने उनको माग छ ।
‘म गृहमन्त्रीलाई सोध्न चाहन्छु, के अब हामी काठमाडौँमा एक्लै हिँड्न नपाउने हो, कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ, हामी एक्लै हिँड्न हुने हो कि नहुने हो, जिम्मा लिएकाले धेरै बोल्ने होइन, गर्ने हो, हामी सरकारको कामको परिणाम हेर्न चाहन्छौँ’, उनले भने । महामन्त्री थापाले सहमहामन्त्री यादवले जेसुकै बोलेको भए पनि बोलेकै आधारमा कसैलाई पनि साङ्घातिक आक्रमण गर्न नपाइने बताए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २१ भाद्र २०८०, बिहीबार १६:०६
११७ घरमा खानेपानीका धारा जडान

कीर्तिपुरलाई हराउँदै काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ISC delegates meet PM Oli to promote parliamentary cooperation

जीवन बीमा कम्पनीहरूको नाफामा वृद्धि

नेपाल स्टक एक्सचेञ्जमा दोहोरो अङ्कको गिरावट

महिला टी-२० विश्वकप छनोट स् हङकङ विरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै
