काठमाडौँ । प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमणको छानबिनको माग गरेका छन् । यादवमाथि बुधबार काठमाडौँमा आक्रमण हुँदा उनी घाइते भएका छन् ।
‘मैले हिजो चिकित्सकलाई गएर भेटेँ, चिकित्सकका अनुसार उहाँ भाग्यले बाँच्नुभएको छ, आक्रमण गर्ने मान्छे पक्राउ परेको छ, तर एउटा सन्काहाले सन्केर हान्यो भनेर एउटा भाष्य निर्माण गर्न खोजिँदै छ, यसलाई थामथुम पार्ने कोशिस हुँदैछ’, उनले भने ।
सांसद थापाले यस घटनाबारे सरकारलाई सचेत गराउँदै घटना कसरी र किन भयो ? घटनाको सबै पक्षका बारेमा गहिरो अनुन्धान हुनुपर्ने माग गरे । घटनासँग जोडिएका सबैपक्ष उजागर हुनुपर्ने उनको माग छ ।
‘म गृहमन्त्रीलाई सोध्न चाहन्छु, के अब हामी काठमाडौँमा एक्लै हिँड्न नपाउने हो, कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ, हामी एक्लै हिँड्न हुने हो कि नहुने हो, जिम्मा लिएकाले धेरै बोल्ने होइन, गर्ने हो, हामी सरकारको कामको परिणाम हेर्न चाहन्छौँ’, उनले भने । महामन्त्री थापाले सहमहामन्त्री यादवले जेसुकै बोलेको भए पनि बोलेकै आधारमा कसैलाई पनि साङ्घातिक आक्रमण गर्न नपाइने बताए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-09-07
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
