काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्ने बताएका छन् ।
खेमराज गुरुङ ट्रष्टले उनको सातौँ वार्षिक पूण्यतिथिको अवसरमा बुधबार यहाँ आयोजना गरेको ‘सम्मान तथा पुरस्कार वितरण’ कार्यक्रममा उनले नेपालको संस्कृति र प्रकृति हीरा र सुन भएको भन्दै त्यसलाई नेपालले विश्व बजारमा ‘ब्रान्डिङ’ गर्न सक्नुपर्ने बताएका हुन् ।
मन्त्री किरातीले नेपाल प्राकृतिक, धार्मिक र सांस्कृतिकरूपमा धनी, ठूलो र सुन्दर रहेको बताए ।संसारको अग्लो शिर सगरमाथा, गौतम बुद्ध, पशुपतिनाथ, हिमाल, पहाड, तराई, फरक पहिरन, भाषा, संस्कृति नै नेपालीको मौलिकता रहेको उनको भनाइ थियो ।
उनले संसारका जनतालाई नेपालको संस्कृति, परम्परा, प्रकृतिप्रति आकर्षित गर्नसके मात्रै नेपाल पर्यटनको क्षेत्रबाट प्रकृति र संस्कृतिलाई देखाएर धेरै विदेशी मुद्रा आर्जन गर्नसक्ने अवस्था रहेको उल्लेख गरे ।
नेपालको जङ्गल, जडीबुटी र पानीलाई मात्रै सदुपयोग गर्नसके आर्थिकरूपमा धेरै माथि पुग्ने उनको भनाइ थियो । उनले मुलुकमा गीतसङ्गीतको क्षेत्रबाट योगदान पु¥याउने स्रष्टालाई राज्यले सम्मान गर्ने बताए ।
सो अवसरमा मन्त्री किरातीले भजन शिरोमणि भक्तराज आचार्यलाई ‘स्रष्टा सम्मान’ तथा बरिष्ठ गीतकार तुलसी बस्नेतलाई ‘प्रतिभा पुरस्कार’बाट सम्मान गरेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-09-07
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
