काठमाडौं, १९ भदौ । नेपाली काँग्रेसका नेता डा। शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको अराजक अभिव्यक्तिबाट देश चल्न नसक्ने बताएका छन् ।
पार्टी निकट कर्मचारीहरुको संगठन नेपाल निजामति कर्मचारी युनियनले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले उक्त कुरा बताएका हुन् । देश अराजकतातिर बढ्दै गएकाले यस्तो अभिव्यक्तिलाई पार्टीले गम्भिरतापूर्वक लिनुपर्ने समेत बताए ।
कोइरालाले भने, ‘देश अराजकतातिर बढ्दै गएको देखिन्छ । २/३ दिन पहिले काठमाडौंका मेयरले जुन बोल्नुभयो, त्यो अराजक किसिमले बोल्नु हुँदैन । देशको प्रधानमन्त्रीले अराजक किसिमले हामीलाई भोट देऊ, हामी जातीय पहिचानको राज्य बनाइदिन्छौं भनेर भन्न मिल्दैन । यसरी देश चल्दैन । यो कुराहरुलाई गम्भिर रुपले पार्टीले पनि लिनुपर्छ, कर्मचारीहरुले पनि लिनुपर्छ ।’
नेता कोइरालाले पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरुलाई बोलाएर पार्टी निकट कर्मचारी संगठनको समस्या समाधानका लागि सचेत गराउन पार्टी सभापति शेरबहादुर देउवालाई पनि सुझाव दिए । उनले संघीय निजामती सेवा ऐनमा पार्टीबाट सुझाव दिनका लागि सहमहामन्त्री जीवन परियारको नेतृत्वमा एउटा छुट्टै समिति बनाउन पनि सभापति देउवासँग आग्रह गरे ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-09-05
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
