१८ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयकलाई केही दिनभित्रै संसदमा पेश गर्ने बताएका छन् ।
सोमबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले भोलि बस्ने मन्त्रिपरिषद बैठकले विधेयक पारित गरी संसदमा पेश गर्ने सम्भावना रहेको बताए ।
संघीय निजामती सेवा विधेयक ल्याउन ढिला भएको स्वीकार गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘सम्भवतः भोलिको मन्त्रिपरिषदको बैठकबाट पारित गरेर सदन समक्ष प्रस्तुत गर्ने तयारी रहेको जानकारी गराउन चाहन्छु ।’
अघिल्लो प्रतिनिधिसभाको राज्य व्यवस्था समितिबाट पारित भएको विधेयकलाई सरकारले परिमार्जन गरेर अन्तिम रुप दिएको पनि प्रधानमन्त्री प्रचण्डले बताए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-09-04
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
