७ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले एक गुटको नेता अर्को गुटमा जाँदा सम्मानजनक व्यवहार नगरिएको गुनासो गरेका छन् ।
केन्द्रीय समितिको आइतबार बोल्ने क्रममा पराजुलीले आफू गुटको शिकार भएको बताए ।
गत चुनावमा प्रदेश सभा सदस्य जितेका उनले पार्टी भित्रकै नेताहरुले आफूलाई हराउन लागेको आरोप लगाए । पार्टीभित्र विश्वसनीय कारबाहीको अवस्था नरहेकाले कारबाहीको सिफारिस नगरेको उनले बताए ।
‘अरु पार्टीका नेताहरुसँग समधुर सम्बन्ध राख्ने तर आफ्नै पार्टीका नेता कार्यकर्तासँग दुश्मन जस्तो व्यवहार गरेको देखिन्छ,’ पराजुलीले भने ।
९४ प्रतिशत ओमकार परिवार रहेकाले धार्मिक स्वतन्त्रता सहितको वैदिकता कांग्रेसले अबलम्बन गर्नुपर्ने पराजुलीले बताए । उनी भन्छन्, ‘कांग्रेसले धर्म र संस्कृति विभाग छुट्टै गठन गर्नुपर्दछ ।’
पराजुलीले तरुण दलमा ४०, नेविसंघमा ३२, महिला संघ ४५ वर्षको उमेर हद राख्नुपर्ने प्रस्ताव पार्टीमा राखेका छन् । युवालाई महाधिवेशन प्रतिनिधि संख्या बढाउन छुट्टै आरक्षणको व्यवस्था गरेर १८ देखि ४० वर्ष उमेर समूहको संख्या बढाउनुपर्ने पराजुलीले बताए । ‘केन्द्रीय समितिमा पनि सोही अनुसारको आरक्षणको व्यवस्था मिलाउनुपर्दछ ’ पराजुलीले भने । गुनासो र समस्या सुन्ने छुट्टै संयन्त्र बनाउनुपर्ने राय दिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-07-23
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
