
७ साउन, मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कम्युनिष्ट पार्टीलाई पुनः एकीकृत गर्दै समाजवादको बाटोमा अगाडि बढ्नुपर्ने बताएका छन् ।
आज मोरङमा आयोजित पुष्पलाल स्मृति दिवसलाई सम्बोधन गर्दै मन्त्री मोदीले नेकपाका संस्थापक महासचिव पुष्पलालको सपना पूरा गर्नका लागि नेपालका कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य रहेको बताए ।
‘एउटै बलियो कम्युनिष्ट पार्टी मार्फत आमूल परिवर्तनको सपना बोकेर नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नेे पुष्पलालको सपना साकार गर्नका लागि सबै कम्युनिष्टबीचको एकता अनिवार्य र अपरिहार्य छ,’ माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री मोदीले भने ।
पुष्पलाल श्रेष्ठको योगदानले नै अहिले कम्युनिष्ट पार्टीहरु यो स्थानसम्म आइपुगेको भन्दै उनले त्यो गाम्भीर्यतालाई बुझेर नेपालका कम्युनिष्ट पार्टी अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा मन्त्री मोदीले कर्मचारीहरुको सरुवा प्रणालीलाई पूर्व अनुमानयोग्य बनाउन तयारी गरिरहेको समेत उल्लेख गरे ।
Sudina Shrestha
प्रकाशित: ७ श्रावण २०८०, आईतवार ०६:२३
बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार छ- अर्थमन्त्री पौडेल

नेप्सेमा ३४ अंकको वृद्धि, ९ अर्बको कारोबार

कुलिङ पिरियड हेरफेरको छानबिन संसदीय समितिबाट गर्न सभामुखलाई सिफारिश गर्ने निर्णय

पर्यटन मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित छ- मन्त्री पाण्डे

हैजा निवारण योजना २०८२-२०८७ सम्बन्धी सरोकारवालाहरुसँगको छलफल सम्पन्न

पर्साबाट स्रोत नखुलेको नगद २८ लाख २७ हजारसहित तीन जना पक्राउ