काठमाडौँ- साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ । आइतबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ ।
यो सँगै प्रतितोला छापावाल १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
गत शुक्रबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँमा किनबेच भएको थियो।
आइतबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ४६५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-07-23
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
