नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिकको तयारी गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिलाई अन्तिम रुप दिन अहिले बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा सञ्चालक समितिको बैठक बसेको छ ।
सञ्चालक समितिका अधिकांश सदस्य मोबाइल अफ गरेर बैठकमा सहमागी भएको बताइएको छ । ‘मोटामोटी १० देखि साढे १० बजेसम्ममा बैठक सकिन्छ । त्यसपछि मौद्रिक नीति छाप्ने काम हुन्छ । दिउँसो ३ बजे होटल याक एण्ड यतिमा आयोजना गरिने कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले नीति वाचन गर्नुहुनेछ,’ बैंक स्रोतले भन्यो ।
बैंकले यसपटक उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह हुने नीतिलाई जोड दिने बुझिएको छ । निजी क्षेत्रले सेयर बजारमा एक व्यक्तिले १२ करोडभन्दा बढी ऋण लिन नपाइने यसअघिको व्यवस्था खारेज गर्नुपर्ने, घरजग्गा, सेयर र सवारी साधनको कर्जामा लाग्दै आएको जोखिम भार १ सय ५० प्रतिशतलाई घटाएर १ सय प्रतिशतमात्रै कायम गर्नुपर्ने माग गरेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-07-23
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
