
नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिकको तयारी गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिलाई अन्तिम रुप दिन अहिले बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा सञ्चालक समितिको बैठक बसेको छ ।
सञ्चालक समितिका अधिकांश सदस्य मोबाइल अफ गरेर बैठकमा सहमागी भएको बताइएको छ । ‘मोटामोटी १० देखि साढे १० बजेसम्ममा बैठक सकिन्छ । त्यसपछि मौद्रिक नीति छाप्ने काम हुन्छ । दिउँसो ३ बजे होटल याक एण्ड यतिमा आयोजना गरिने कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले नीति वाचन गर्नुहुनेछ,’ बैंक स्रोतले भन्यो ।
बैंकले यसपटक उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह हुने नीतिलाई जोड दिने बुझिएको छ । निजी क्षेत्रले सेयर बजारमा एक व्यक्तिले १२ करोडभन्दा बढी ऋण लिन नपाइने यसअघिको व्यवस्था खारेज गर्नुपर्ने, घरजग्गा, सेयर र सवारी साधनको कर्जामा लाग्दै आएको जोखिम भार १ सय ५० प्रतिशतलाई घटाएर १ सय प्रतिशतमात्रै कायम गर्नुपर्ने माग गरेका छन् ।
Sudina Shrestha
प्रकाशित: ७ श्रावण २०८०, आईतवार ०७:१९
कवि युबराज अधिकारीको ‘युद्ध, युद्ध नै हुन्छ ‘ कविता कृतिको लोकार्पण सम्पन्न

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

थई प्रधानमन्त्रीको पद धरापमा

लाङटाङ राष्ट्रिय निकुञ्जमा फोहोर व्यवस्थापन गर्ने दिगो तरिका

Rabi Lamichhane calls for constitution rewrite and end to federalism

बाढीले दाङमा बीच टापुमा फसेकी बालिकाको उद्धार
