काठमाडौं । गृहमन्त्रीको पदभार ग्रहण गरेपछि सुदन गुरुङले चार निर्णय गरेका छन् ।
गृहमन्त्री गुरुङले जेनजी आन्दोलनका क्रममा भएका घटनामा फौजदारी अभियोजन भएकाहरूको मुद्दा फिर्ता गर्न कार्यदल बनाउने निर्णय भएको जानकारी दिएका छन् । कार्यदलले मुद्दा फिर्ता गर्न सकिने–नसकिने सिफारिस सहितको प्रतिवेदन दिने उनले बताए ।
गृहमन्त्री गुरुङले २०५८ सालमा भएको दरबार हत्याकाण्डको थप छानबिन गर्ने समेत घोषणा गरेका छन् । उनले राजदरबार हत्याकाण्डबारे यसअघिका भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको बताए ।
गुरुङले सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावट हुन नदिन सूक्ष्म निगरानी गरी कारबाही गर्न सेन्सिटिभ इन्फर्मेसन भिजलेन्ट टिम निर्माण गर्ने निर्णय गरेका छन् ।
यस्तै, उनले नेपाल प्रहरी अन्तरगत रहेको केन्द्रीय अनुसन्धान ब्यूरोलाई थप सशक्त र प्रभावकारी बनाउन हाल प्रक्रियामा रहेका अनुसन्धान फाइलहरूलाई शीघ्र टुंगोमा पुर्याउन निर्देशन दिने निर्णय गरेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-06-09
विदेशी विनिमय सञ्चिति ३८.३ प्रतिशतले बढ्यो, २२.६ महिनासम्मको वस्तु आयात धान्न पुग्ने
दरबार हत्याकाण्डको थप छानबिन गर्ने गृहमन्त्री गुरुङको निर्णय
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस
विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई त्रिभुवन विमानस्थलबाट फर्काइयो
बेड संख्याअनुसार शुल्क नतिर्ने यी ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख ८४ हजार रुपैयाँ असुल्दै स्वास्थ्य मन्त्तालय
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
