विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई त्रिभुवन विमानस्थलबाट फर्काइयो

काठमाडौं । फिफा विश्वकप फुटबल हेर्न अमेरिका हिँडेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएका छन् । उनीहरु आज बिहान मेक्सिको जाँदै थिए । स्रोतका अनुसार उनीहरु कालोसूचीमा रहेकाले विमानस्थलबाट फर्काइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका एक अधिकारीले उनीहरु ब्ल्याक लिस्टमा रहेकाले विमानस्थलबाट फर्काइदिएको हो ।
आर्थिक विषयको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)को सिफारिसमा अध्यागमन विभागले गत वैशाखमा एन्फाका सबै पदाधिकारीलाई विदेश जान रोक लगाएको थियो ।

फिफा विश्वकप २०२६ मा सहभागी हुन जाने उद्देश्यले विदेश जान रोक लगाउने निर्णय फिर्ताका लागि एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई सोमबार राखेपमै पुगेका थिए । तर ,राखेपले उनीहरुलाई विदेश जाने बाटो खुला गर्न अस्वीकार गरेको थियो ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-06-09