काठमाडौं । दक्षिणकाली हात्तीबनमा हाइलक्स गाडी दुर्घटना भएको छ । बुधबार बिहान करिब सवा ८ बजेतिर शिक्षा तथा मानव स्रोत केन्द्रको लु ३ फ ३२५ नम्बरको गाडी दुर्घटना भएको हो ।
गाडी सडकबाट करिब एक सय मिटर तल भीरमा झरेको छ । उक्त गाडी जनक खत्रीले चलाएका थिए । प्रहरीका अनुसार दुर्घटनामा चालकसहितन चारजना घाइते भएका छन् ।
घाइते हनेहरुमा कीर्तिपुरकी ४७ वर्षीया सम्झना देवकोटा, मध्यपुर ठिमी बस्ने ४७ वर्षीय विजय सत्याल र रुकुम घर भई काठमाडौं बस्ने ३३ वर्षीय शंकर बुढाथोकी रहेका छन् । घाइतेहरुको अवस्था सामान्य अवस्था रहेको प्रहरीले जनाएको छ ।
सुदिना श्रेष्ठ
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २४ पुष २०८१, बुधबार १०:००
आज तीन संसदीय समितिको बैठक बस्दै
माघ १८ गते संसद अधिवेशन बोलाउने तयारी
दूध पिउँदा आन्द्रा क्यान्सरको जोखिम कम हुन्छः अध्ययन्
नाइजेरियामा ट्याङ्कर विस्फोट हुँदा ७७ जनाको मृत्यु
नेपाल भ्रमण वर्ष र चिनियाँ नयाँ वर्ष ‘२०२५’ को शुभारम्भ
१५ महिनापछि हमास–इजरायलबीच युद्धविराम, आजदेखि कार्यान्वयन हुने