
काठमाडौं । समरी इन्टरनेशनल अवार्ड्स मण्डला नेशनल ट्यालेन्ट सम्मान २०८१ अन्तर्गत “लाइफटाईम अचिभमेन्ट अवार्ड” नेपाली संगीतका अग्रज निर्णय श्रेष्ठ (NSK) लाई प्रदान गरिएको छ। यो सम्मान नेपाली र्याप संगीत र सामाजिक क्षेत्रमा उनको अतुलनीय योगदानलाई कदर गर्दै दिइएको हो।

समारोहमा मुख्य अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अरुण कुमार चौधरी, उपस्थित थिए। कार्यक्रमको क्रममा, निर्णय श्रेष्ठ (NSK) को संगीत र सामाजिक कार्यमा पुर्याएको योगदानको प्रशंसा गर्दै यो सम्मान उनलाई प्रदान गरिएको थियो। निर्णयको संगीतले नेपाली र्याप संगीतको क्षेत्रमा नयाँ तरिका र शैली ल्याएको छ, जसले उनलाई नेपाल र विदेशमा सम्मानित गरिएको छ।

निर्णय श्रेष्ठले नेपाली संगीतसँगै सामाजिक चेत्रम योगदन पुर्याएकोमा यो सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।
समरी इन्टरनेशनल इभेन्टले नेपाली कलाकारहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै, नेपाली संगीत र कला क्षेत्रलाई विश्वसामु चिनाउन महत्त्वपूर्ण भूमिका खेल्दै अएको छ।

निर्णय श्रेष्ठ (NSK) लाई यो प्रतिष्ठित सम्मानको लागि हार्दिक बधाई ।
सुदिना श्रेष्ठ
Sudina Shrestha
प्रकाशित: २० पुष २०८१, शनिबार १७:४२
कवि युबराज अधिकारीको ‘युद्ध, युद्ध नै हुन्छ ‘ कविता कृतिको लोकार्पण सम्पन्न

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

थई प्रधानमन्त्रीको पद धरापमा

लाङटाङ राष्ट्रिय निकुञ्जमा फोहोर व्यवस्थापन गर्ने दिगो तरिका

Rabi Lamichhane calls for constitution rewrite and end to federalism

बाढीले दाङमा बीच टापुमा फसेकी बालिकाको उद्धार
