काठमाडौं। ‘सबै पोसाकको सम्मान : ‘नेपाली टोपी नेपाली पहिचान’ भन्ने नाराका साथ जागरुक युवा अभियान नेपालको आयोजनामा १२ औं राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइएको छ। नेपाली टोपी लगाएर काठमाडौंको बुधबार बिहान बसन्तपुरमा जम्मा भएका युवाले नाचगानसहित दिवस मनाएका हुन्।कार्यक्रममा युवाहरूले नेपाली पहिचानको रुपमा रहेका दौरा सुरुवाल, ढाकाटोपी र गुन्यु चोली लगाउन र संरक्षण गर्नुपर्ने आह्वान गरे।
अभियानका संयोजक घनश्याम श्रेष्ठका अनुसार तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले दौरा सुरुवाल, ढाकाटोपी र गुन्यु चोलीलाई राष्ट्रिय पोसाकबाट हटाएपछि यी पोसाक ओझेलमा परेको भन्दै युवाहरूले ढाकाटोपी, भादगाउँले टोपीलाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गर्न माग गर्दै राष्ट्रिय पोषक तथा टोपी दिवश मनाइन थालिएको हो। त्यसयता नेपालमा हरेक वर्ष जनवरी १ लाई राष्ट्रिय पोसाक तथा टोपी दिवसकारुपमा मनाउने गरिएको छ।
सुदिना श्रेष्ठ
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १७ पुष २०८१, बुधबार १२:३२
आज तीन संसदीय समितिको बैठक बस्दै
माघ १८ गते संसद अधिवेशन बोलाउने तयारी
दूध पिउँदा आन्द्रा क्यान्सरको जोखिम कम हुन्छः अध्ययन्
नाइजेरियामा ट्याङ्कर विस्फोट हुँदा ७७ जनाको मृत्यु
नेपाल भ्रमण वर्ष र चिनियाँ नयाँ वर्ष ‘२०२५’ को शुभारम्भ
१५ महिनापछि हमास–इजरायलबीच युद्धविराम, आजदेखि कार्यान्वयन हुने