
काठमाडौं (एजेन्सी) । विद्रोही समूह सिरियाको सरकारी नियन्त्रणमा रहेको राजधानी दमास्कस प्रवेश गरेर आक्रमण गरेपछि राष्ट्रपति बसर अल–असदले राजधानी दमास्कस छाडेर भागेका छन् । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले सम्भवतः राष्ट्रपति बसर अल–असदलाई लिएर एउटा निजी विमान दमास्कस एयरपोर्टबाट निस्किएको बताएको हो । यद्यपी उनी कहाँ गए भन्ने स्पष्ट नभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
(एचटीएस)ले देश स्वतन्त्र भएको घोषणा पनि गरेको छ । सिरियाका विद्रोही समूह हयात तहरिर अल–शाम (एचटीएएस) ले हालसम्म हामा, देराका अधिकांश भाग र तेस्रो ठूलो सहर होम्स कब्जा गरिसकेको छ । एचटीएएसका प्रमुख अबु मोहम्मद अल जुलानीले होम्स कब्जालाई ऐतिहासिक क्षण भनेका छन् । विद्रोही कमाण्डर हसन अब्देल घानीले सरकारविरुद्धको लडाई सफल भइरहेको दाबी गर्दै भने ‘हाम्रा सेनाले राजधानी दमास्कसलाई घेर्ने अन्तिम चरण सुरु गरेका छन् ।’
राष्ट्रपति असदले प्रजातान्त्रिक प्रदर्शनमा दमन गरेसँगै सिरियामा सन् २०११ मा गृहयुद्ध सुरु भएको थियो । सो गृहयुद्ध सुषुप्त अवस्थामा पुगेपछि यही नोभेम्बर २७ देखि एचटीएस नेतृत्वको गठबन्धनले राष्ट्रपति असदको सत्ताका लागि सबैभन्दा ठूलो खतराको प्रतिनिधित्व गरेको छ । यससँगै सिरियाको द्वन्द्वले नयाँ रुप लिएको थियो । अहिले त्यो उत्कर्षमा पुगेको छ ।
Sudina Shrestha
प्रकाशित: २३ मंसिर २०८१, आईतवार १०:४७
कवि युबराज अधिकारीको ‘युद्ध, युद्ध नै हुन्छ ‘ कविता कृतिको लोकार्पण सम्पन्न

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

थई प्रधानमन्त्रीको पद धरापमा

लाङटाङ राष्ट्रिय निकुञ्जमा फोहोर व्यवस्थापन गर्ने दिगो तरिका

Rabi Lamichhane calls for constitution rewrite and end to federalism

बाढीले दाङमा बीच टापुमा फसेकी बालिकाको उद्धार
