काठमाडौँ (एजेन्सी) । टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोआनले इजरायलसँगको सबै सम्बन्ध अन्त्य गरेको घोषणा गरेका छन् । उनले साउदी अरब र अजरबैजानको भ्रमण पछि बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै इजरायलसँगको सबै प्रकारको सम्बन्ध अन्त्य गरेको बताएका हुन् ।
उनले गाजामा गरिएको नरसंहारका लागि इजरायली प्रधानमन्त्रीलाई जिम्मेवार ठहर्याए । साथै उनले अन्तर्राष्ट्रिय न्यायालयमा इजरायलविरुद्ध जारी मुद्दामा हस्तक्षेप गर्दै हतियार प्रतिबन्धको वकालत टर्कीले गरिरहेको पनि जानकारी दिए ।
यसअघि टर्कीएले गत मे महिनामा इजरायलमाथि व्यापारिक प्रतिबन्ध लगाएको थियो । गाजामा इजरायलको आक्रमण पछि दुबै देशबीचको सम्बन्धमा तनाव उत्पन्न भएको हो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २९ कार्तिक २०८१, बिहीबार ०९:०७
आज तीन संसदीय समितिको बैठक बस्दै
माघ १८ गते संसद अधिवेशन बोलाउने तयारी
दूध पिउँदा आन्द्रा क्यान्सरको जोखिम कम हुन्छः अध्ययन्
नाइजेरियामा ट्याङ्कर विस्फोट हुँदा ७७ जनाको मृत्यु
नेपाल भ्रमण वर्ष र चिनियाँ नयाँ वर्ष ‘२०२५’ को शुभारम्भ
१५ महिनापछि हमास–इजरायलबीच युद्धविराम, आजदेखि कार्यान्वयन हुने