काठमाण्डौ । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले जहाज किन्दा लिएको ऋणको असोज महिनासम्मको किस्ता बुझाएको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेको दुई वटा न्यारोबडी र दुई वटा वाइडबडी जहाजका लागि सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्ताबापतको ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रुपैयाँ बुझाएको हो ।
यससँगै निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपछि ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ रुपैयाँ किस्ता रकम भुक्तानी भएको छ ।कोभिड–१९ महामारीका कारण निगमको व्यापारमा समेत प्रतिकूल असर परेको अवधिको ब्याज, ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गर्न निगमले माग गरेको छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफलसमेत भइरहेको निगमले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २ कार्तिक २०८१, शुक्रबार ०९:३२
आज तीन संसदीय समितिको बैठक बस्दै
माघ १८ गते संसद अधिवेशन बोलाउने तयारी
दूध पिउँदा आन्द्रा क्यान्सरको जोखिम कम हुन्छः अध्ययन्
नाइजेरियामा ट्याङ्कर विस्फोट हुँदा ७७ जनाको मृत्यु
नेपाल भ्रमण वर्ष र चिनियाँ नयाँ वर्ष ‘२०२५’ को शुभारम्भ
१५ महिनापछि हमास–इजरायलबीच युद्धविराम, आजदेखि कार्यान्वयन हुने