काठमाडौंं । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बङ्गलादेश सहभागी रहेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् । प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ । भोलि शुक्रबार नेपाल भुटानसँग भिड्नेछ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १ कार्तिक २०८१, बिहीबार ०८:३१
सञ्चालनमा आयो पाँचतारे मर्क्युर होटल
पुलिसले जित्यो जय ट्रफीको उपाधि
अमेरिकी डलरको भाउमा नयाँ कीर्तिमान, आजको विनिमय दर यस्तो छ
हप्तामा दुई दिन खुला भेटघाट गर्न, नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई कांग्रेसको निर्देशन
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पाँच सय ३१ जनाको निःशुल्क आँखाको शल्यक्रिया