काठमाडौं । भोलिबाट देशभर नै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार कोशी, बाग्मती, गण्डकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने छ । साथै बाँकी प्रदेशका पनि एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षा हुने जनाइएको छ । भोलि कोशी, बाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।
भोलि राती कोशी प्रदेशका केही स्थानहरू तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का सामान्य वर्षा हुने र कोशी प्रदेशका एक(दुई स्थानमा भारी वर्षा हुने जनाइएको छ । बिहीबार पनि सबै प्रदेशका केही ठाउँमा सामान्य वर्षा हुने र कोशी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षा हुने जनाइएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १५ आश्विन २०८१, मंगलवार ०८:२२
आज तीन संसदीय समितिको बैठक बस्दै
माघ १८ गते संसद अधिवेशन बोलाउने तयारी
दूध पिउँदा आन्द्रा क्यान्सरको जोखिम कम हुन्छः अध्ययन्
नाइजेरियामा ट्याङ्कर विस्फोट हुँदा ७७ जनाको मृत्यु
नेपाल भ्रमण वर्ष र चिनियाँ नयाँ वर्ष ‘२०२५’ को शुभारम्भ
१५ महिनापछि हमास–इजरायलबीच युद्धविराम, आजदेखि कार्यान्वयन हुने