
काठमाण्डौ । वर्षापछि आएको बाढी र पहिरोले काठमाण्डौ जोड्ने राजमार्ग तथा मुख्य सडक ठप्प छन् । मुग्लिन–काठमाण्डौ, सिन्धुली–काठमाण्डौ, सिन्धुपाल्चोक–काठमाण्डौसहित अरू सडक पहिरोले अवरुद्ध भएको हो ।
योसँगै काठमाण्डौसँग अरू जिल्लाको आवतजावत टुटेको छ । यसैगरी देशका अरू ठाउँमा पनि सडक अवरुद्ध भएका छन् । सडक विभागका अनुसार देशका २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति भएको छ ।
मुग्लिन–पोखरा, नारायणगढ–मग्लिन, बेनी–जोमसोम, बीपी राजमार्गको काभ्रे र सिन्धुली खण्डलगायतमा पहिरोले क्षति पुर्याएको छ । कतिपय ठाउँमा पुल नै बगेका छन् । मेची राजमार्गको हेवाखोला र अरनिको राजमार्गको लार्चाको बेलिब्रिज बाढीले बगाउँदा आवागमन अवरुद्ध भएको छ ।
सडक विभागका अनुसार अब पानी पर्ने क्रम केही कम भएको र बन्द सडक खुलाउने र तत्काल सडक खुल्न नसकेको अवस्था वैकल्पिक व्यवस्था गर्ने लगायका काम थालिएको छ । सडक विभागका महानिर्देशक रामहरि पोखरेलले बाढीले बगाएको ठाउँमा खोलाबाट तत्कालका लागि अस्थायी सडक बनाएर वा बाँध बाँधेर भए पनि यातायात सञ्चालनमा ल्याउने बताएका छन् ।
Sudina Shrestha
प्रकाशित: १३ आश्विन २०८१, आईतवार ०९:०९
कवि युबराज अधिकारीको ‘युद्ध, युद्ध नै हुन्छ ‘ कविता कृतिको लोकार्पण सम्पन्न

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

थई प्रधानमन्त्रीको पद धरापमा

लाङटाङ राष्ट्रिय निकुञ्जमा फोहोर व्यवस्थापन गर्ने दिगो तरिका

Rabi Lamichhane calls for constitution rewrite and end to federalism

बाढीले दाङमा बीच टापुमा फसेकी बालिकाको उद्धार
