काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गरेकामा सम्मानीत भएको छ । पर्यटन दिवशको अवसरमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सम्मान गरेका हुन् ।
निगमले सन् २०२३ अगस्टदेखि सन् २०२४ अगस्टसम्म १० करोड अमेरेकी डलरभन्दा बढी विदेशी मुद्रा आर्जन गरेको छ ।
अन्तराष्ट्रिय क्षेत्रमा उड्ने जम्मा ४ वटा जहाज हुँदाको अबस्थामा यो आर्जन गरेको हो । यदि निगमसँग १५/१६ वटा जहाज भएमा नेपालको पर्यटन क्षेत्रको कायापलट गर्ने देखिन्छ ।
त्यसैले निगमसँग पर्याप्त संख्यामा जहाजहरु हुनु आवश्यक छ । वार्षिक करिब डेढ खर्ब रुपैयाँको आय भएको उड्डयन क्षेत्रमा राष्ट्रिय ध्वजाबाहकको हिस्सा मुस्किलले करिब १४ प्रतिशत मात्र छ । बाँकी सबै आम्दानी विदेशी वायुसेवा कम्पनीहरूले आफ्नो देशमा लगिरहेका छन् । कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ४ प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण निगमसँग जहाजहरु कम हुनु नै हो ।
यसैबीच कार्यकारी अध्यक्ष अधिकारीले निगममा जहाज थप्न प्रयास गरिरहेका छन् । निगममा थप्ने प्रक्रिया समेत अध्यक्ष अधिकारीले अघि बढाएका छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १२ आश्विन २०८१, शनिबार १६:३३
आज तीन संसदीय समितिको बैठक बस्दै
माघ १८ गते संसद अधिवेशन बोलाउने तयारी
दूध पिउँदा आन्द्रा क्यान्सरको जोखिम कम हुन्छः अध्ययन्
नाइजेरियामा ट्याङ्कर विस्फोट हुँदा ७७ जनाको मृत्यु
नेपाल भ्रमण वर्ष र चिनियाँ नयाँ वर्ष ‘२०२५’ को शुभारम्भ
१५ महिनापछि हमास–इजरायलबीच युद्धविराम, आजदेखि कार्यान्वयन हुने