काठमाण्डौ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले काठमाण्डौ–पोखरा उडान गर्ने यात्रुलाई एक टिकट खरिद गर्दा अर्को टिकट निःशुल्क दिने भएको छ । एयरलाइन्सले हिजोदेखि लागू हुने गरी आउँदो असोज ४ गतेसम्म काठमाण्डौ–पोखरा विमानमार्फत यात्रा गर्दा एउटा किन्दा एउटा टिकट सित्तैमा दिने भएको हो ।
एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले पोखराको पर्यटन चलायमान बनाउन तथा एयरलाइन्समा यात्रुको आकर्षणका लागि एक टिकट खरिद गर्दा अर्को निःशुल्क दिने अफर ल्याइएको जानकारी दिएका छन् । खरिद गरेको टिकटबाट असोज १४ सम्म यात्रा गरिसक्नुपर्ने कम्पनीले जनाएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २४ भाद्र २०८१, सोमबार १०:४२
सञ्चालनमा आयो पाँचतारे मर्क्युर होटल
पुलिसले जित्यो जय ट्रफीको उपाधि
अमेरिकी डलरको भाउमा नयाँ कीर्तिमान, आजको विनिमय दर यस्तो छ
हप्तामा दुई दिन खुला भेटघाट गर्न, नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई कांग्रेसको निर्देशन
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पाँच सय ३१ जनाको निःशुल्क आँखाको शल्यक्रिया