
काठमाडौं । सोलुखुम्बुको थामे खोलामा आएको लेदोसहितको बाढी हिमताल फुटेर आएको पुष्टि भएको छ । शनिबार टासिलाप्चा बेसक्याम्पनजिकै रहेका हिमताल फुटेर बाढी आएको पुष्टि भएको हो ।
शुक्रबार दिउँसो खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं। ५ थामेमा अचानक लेदोसहितको बाढी आएको थियो । खुम्बु पासाङल्हामु गाउँपालिकाले शुक्रबार उक्त क्षेत्रको हेलिकोप्टरबाट निरीक्षण गरिएको भिडियो फेसबुकमार्फत सार्वजनिक गरेको छ ।
गाउँपालिकाले भिडियो शेयर गर्दै भनेको छ, ‘खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं। ५ थामेमा आएको बाढीको बिषयमा हेलिकप्टर मार्फत स्थलगत निरिक्षण गर्दा पोखरी फुटेर बाढी आएको पुष्टी भएको छ । थप जोखिमको सम्भावना नरहेको देखिन्छ ।’
यस्तै अब थप जोखिमको सम्भावना पनि नरहेको पालिकाले जनाएको छ । ४० वर्ष अगाडि पनि यस्तै पोखरी फुटेर भेलबाढी आएको थियो । शुक्रबार आएको बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ ।

खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ । त्यहाँ अहिले नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनाको उद्धार गरी आर्मीक्याम्पमा राखेको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको छ ।
बाढीले तल्लो सोलुको तटीय क्षेत्रमा पनि असर गरेपछि माप्यदूधकोसी गाउँपालिका–६ का पाँच परिवारलाई प्रहरीले अन्यत्र स्थानान्तरण गरेको छ ।
उक्त बाढी क्षेत्र बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा संघीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली शनिबार पुगेको थियो ।
Sudina Shrestha
प्रकाशित: २ भाद्र २०८१, आईतवार ०८:४१
कवि युबराज अधिकारीको ‘युद्ध, युद्ध नै हुन्छ ‘ कविता कृतिको लोकार्पण सम्पन्न

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

थई प्रधानमन्त्रीको पद धरापमा

लाङटाङ राष्ट्रिय निकुञ्जमा फोहोर व्यवस्थापन गर्ने दिगो तरिका

Rabi Lamichhane calls for constitution rewrite and end to federalism

बाढीले दाङमा बीच टापुमा फसेकी बालिकाको उद्धार
