काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलका खेल आज हुँदैछन् । पहिलो सेमिफाइनमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल ओमानको अल अमिरातमा बिहान पौने १२ बजे शुरु हुनेछ । गएको संस्करणमा फाइनलमा प्रतिस्पर्धा गरेका नेपाल र यूएईले यो पटक सेमिफाइनलमै खेल्न लागेका हुन् । नेपाल साविकको विजेता टोली पनि हो ।
यस्तै अर्को सेमिफाइनलमा ओमान र हङकङबीच खेल हुनेछ । ओमान र हङकङबीचको खेल दिउँसो सवा ४ बजे शुरु हुनेछ । आजको खेलमा विजेता टोली फाइनलमा पुग्नेछन् । तेस्रो स्थानको खेल भोलि र फाइनल खेल आइतवार हुनेछ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ बैशाख २०८१, शुक्रबार ०८:४८
आज तीन संसदीय समितिको बैठक बस्दै
माघ १८ गते संसद अधिवेशन बोलाउने तयारी
दूध पिउँदा आन्द्रा क्यान्सरको जोखिम कम हुन्छः अध्ययन्
नाइजेरियामा ट्याङ्कर विस्फोट हुँदा ७७ जनाको मृत्यु
नेपाल भ्रमण वर्ष र चिनियाँ नयाँ वर्ष ‘२०२५’ को शुभारम्भ
१५ महिनापछि हमास–इजरायलबीच युद्धविराम, आजदेखि कार्यान्वयन हुने