काठमाडौं (एजेन्सी) । सिरियाको राजधानी दमास्कसमा रहेको इरानी महावाणिज्य दूतावासमा आक्रमण हुँदा पाँचजनाको ज्यान गएको छ । आक्रमणमा सुरक्षा निकायका वरिष्ठ अधिकारी सहित पाँचजनाको ज्यान गएको हो ।
आक्रमणका कारण मेजेह शहरमा रहेको इरानी दूतावास नजिकै रहेको भवन भग्नावशेषमा परिणत भएको तर इरानी दूतावासमा भने खासै क्षति नभएको खबरमा उल्लेख छ । इरान र सिरियाका विदेशमन्त्रीहरूले आक्रमणको कडा निन्दा गरेका छन् । तर, इजरायलको सेनाले भने घटनाबारे कुनै प्रतिक्रिया नदिने बताएको छ ।
उत्तरी इजरायल र लेबनानमा युद्ध गरिरहेका इरान र हिजबुल्लाहलाई अझै उक्साउने उद्देश्यले इजरायलले आक्रमण गरेको हुनसक्ने इरानले अनुमान गरेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २० चैत्र २०८०, मंगलवार ०८:१२
आज तीन संसदीय समितिको बैठक बस्दै
माघ १८ गते संसद अधिवेशन बोलाउने तयारी
दूध पिउँदा आन्द्रा क्यान्सरको जोखिम कम हुन्छः अध्ययन्
नाइजेरियामा ट्याङ्कर विस्फोट हुँदा ७७ जनाको मृत्यु
नेपाल भ्रमण वर्ष र चिनियाँ नयाँ वर्ष ‘२०२५’ को शुभारम्भ
१५ महिनापछि हमास–इजरायलबीच युद्धविराम, आजदेखि कार्यान्वयन हुने