चितवन । चितवनमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा एक जनाको ज्यान गएको छ । रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको बस ट्रक ठोक्किँदा एक जनाको ज्यान गएको हो ।
घाइते भएका बसमा सवार भारत मोतिहारी जिल्ला चम्पारण बस्ने ३७ वर्षीय गौरी दास उपचारका लागि भरतपुरतर्फ ल्याउदै गर्दा बाटोमै मृत्यु भएको डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।
दुर्घटनामा ट्रक चालकसहित अन्य चार जना घाइते भएका छन् । घाइतेहरु ट्रक चालक वीरगन्ज–२३ बस्ने ३३ वर्षीय हाकिम मिया, बसमा सवार सर्लाहीको बरहथवा नगरपालिकाको मिलनचोक बस्ने २५ वर्षीया पूजा गुप्ता, भारत सितामढी जिल्ला रमनगरा बस्ने ३२ वर्षीय अम्बरनाथ कुमार र भारतको विहार राज्य मजापुर जिल्ला बस्ने ३९ वर्षीया रिता गुप्ता रहेका छन् । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
इच्छाकामना–६ जलबिरेस्थित नारायणगढ–मुग्लिङ सडक खण्डमा ग १ ख ८५२४ नम्बरको बसले चक्का पंचर भई बाटो छेउमा रोकी राखेको ना ६ ख ३२८० नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । बस चालक नवलपरासी(सुस्तापुर्व) कावासोती–१४ बस्ने ३९ वर्षीय लक्ष्मण गुरुङलाई नियन्त्रणमा लिइएको डिएसपी भण्डारीले बताइएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ४ चैत्र २०८०, आईतवार ०८:३४
आज तीन संसदीय समितिको बैठक बस्दै
माघ १८ गते संसद अधिवेशन बोलाउने तयारी
दूध पिउँदा आन्द्रा क्यान्सरको जोखिम कम हुन्छः अध्ययन्
नाइजेरियामा ट्याङ्कर विस्फोट हुँदा ७७ जनाको मृत्यु
नेपाल भ्रमण वर्ष र चिनियाँ नयाँ वर्ष ‘२०२५’ को शुभारम्भ
१५ महिनापछि हमास–इजरायलबीच युद्धविराम, आजदेखि कार्यान्वयन हुने