काठमाडौं । फलाम तथा स्टिलजन्य उद्योगहरूको अनुगमन गर्नको लागि संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले संसदीय उपसमिति गठन गर्ने भएको छ ।
आइतबार बसेको बैठकमा यस्ता उद्योगको गुणस्तर, श्रम सुरक्षा र प्रदूषणका सवालमा गुनासो आएको भन्दै उपसमिति बनाएर अध्ययन तथा अनुगमन गर्ने निर्णय गरेको हो ।
२०७९ असार ६ गते दिएको निर्णय कार्यान्वयन नभएको सवालमा छलफल चलाएको समितिले उद्योग र अर्थमन्त्रालयको लिखित जवाफ माग्ने तथा अनुगमन गर्ने निर्णय गरेको हो ।
समितिले आगामी बैठकमा उपसमिति गठन गर्ने जनाएको छ । यो उपसमितिले यस्ता उद्योगहरूको वर्तमान अवस्थाका विषयमा अध्ययन गर्ने समिति सभापति अब्दुल खानले बताए । गुणस्तरको सवालमा निरन्तर अनुगमन गर्न समितिले नापतौल तथा गुणस्तर विभागलाई निर्देशन पनि दिएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २१ फाल्गुन २०८०, सोमबार ०८:३७
सञ्चालनमा आयो पाँचतारे मर्क्युर होटल
पुलिसले जित्यो जय ट्रफीको उपाधि
अमेरिकी डलरको भाउमा नयाँ कीर्तिमान, आजको विनिमय दर यस्तो छ
हप्तामा दुई दिन खुला भेटघाट गर्न, नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई कांग्रेसको निर्देशन
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पाँच सय ३१ जनाको निःशुल्क आँखाको शल्यक्रिया