हेर्नुहोस आज तरकारी तथा फलफूलको मूल्यसूची
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको औसत मूल्य प्रतिकिलो ५५ रुपैयाँ, गोलभेँडा सानो लोकलको २२ रुपैयाँ ५० पैसा, लोकल सेतो मुला २७ रुपैयाँ ५० पैसा कायम रहेको छ ।
यसैगरी रातो आलुको ३३ रुपैयाँ, प्याज सुकेको भारतीय ८८ रुपैयाँ, काउली स्थानीयको ३५, मटरकोशाको ९६, टाटे सिमीको १०५ रुपैयाँ कायम गरिएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १८ फाल्गुन २०८०, शुक्रबार ०९:४०